२० करदाताले तिरे पौने ८१ अर्ब कर, बढी कर तिर्नेमा एनसेलदेखि एभरेष्ट बैंकसम्म

  २०७४ साउन २४ गते १२:५०     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष २०७३/७४ मा २० ठूला करदाताले सरकारलाई करिब पौने ८१ अर्ब कर तिरेका छन् । सबैभन्दा बढी कर तिर्नेमा अघिल्लो आर्थिक वर्षको जस्तै एनसेल बनेको छ । १० बाणिज्य बैक पनि उच्च करदाताको सूचिमा सूचिकृत भएको अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले बताए । एनसेलले गएको आर्थिक वर्षमो ३० अर्ब १५ करोड ८२ लाख रुपैयाँ भन्दा बढी कर तिरेको छ । सरकारले गएको आवमा कुल ६ खर्ब ९ अर्ब राजस्व संकलन गरेको छ । २० ठूला करदाताबाट संकलन गरिएको कर कुल करको करिब साढे १३ प्रतिशत हो ।

टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले तिरेको करमध्ये १३ अर्ब ६० करोड रुपैयाँ पुँजीगत लाभकर हो । उसले २२ अर्ब २३ करोड रुपैयाँ आयकर तिरेको छ भने ५ करोड घरवहाल कर तिरेको छ । ३ अर्ब ८५ करोड मूल्य अभिवृद्धि कर तिरेको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ । लाभकर घटाउँदा पनि एनसेलले गत आवमा सरकारलाई १६ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी कर तिरेको छ ।

धेरै कर तिर्ने दोस्रो सूचिमा नेपाल टेलिकम परेको छ । नेपाल टेलिकमले गएको आवमा सरकारलाई १३ अर्ब ७२ करोड रुपैयाँ कर बुझाएको छ । तेस्रो सूर्य नेपाल प्रालिले ७ अर्ब १८ करोडरुपैयाँ कर तिरेको छ । गत आर्थिक वर्षमा धेरै कर तिर्ने करदाताको चौथो स्थानमा नेपाल आयाल निगम छ । निगमले ५ अर्ब ६९ करोड रुपैयाँ कर तिरेको छ । यस्तै गोर्खा ब्रुअरीले ४ अर्ब १९ करोडरुपैयाँ कर तिरेको छ ।

बाणिज्य बैंकतर्फ सबैभन्दा धेरै कर तिर्नेमा नबिल बैंक परेको छ । नबिल बैंकले २ अर्ब २१ करोड ४७ लाख ९४ हजार रुपैयाँ कर तिरेको छ । बाणिज्य बैंकतर्फ बढी करतिर्नेको सूचिमा बैंक नेपाल इन्भेष्टमेन्ट बैंक स्थापित भएको छ । इन्भेष्टमेन्ट बैंकले गएको आवमा २ अर्ब ३ करोड रुपैयाँ कर तिरेको छ ।

बैंक कृषि विकास बैंकले १ अर्ब ६४ करोड कर तिरेको बढी कर तिर्ने बैंकको सूचिमा परेको छ । धेरै कर तिर्ने सुचीको ९औं स्थानमा रहेको सिप्रदी ट्रेडिङ प्रालिले १ अर्ब ४२ करोड ५५ लाख १८ हजार रुपैयाँ कर तिरेको छ ।

नेपाल बैंकले भने १ अर्ब ३९ करोड रुपैयाँ कर तिरेको छ । अर्काे अर्बपति करदाता हिमालयन बैंकले १ अर्ब ३८ करोड ३० लाख ५८ हजार रुपैयाँ कर तिरेको छ । सेयर कारोबार गराउने नियमक निकाय नेपाल धितोपत्र विनिमय बजार लि. (नेप्से) ले गत आर्थिक वर्षमा राज्यलाई १ अर्ब ३१ करोड रुपैयाँ कर राज्यलाई तिरेको छ ।

सरकारी पूर्ण स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक वर्षमा राज्यलाई १ अर्ब २९ करोडरुपैयाँ कर तिरेको छ । हवाइ क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब २५ करोड रुपैयाँ कर तिरेको छ । ग्लोबल आइएमई बैंक बढी कर तिर्नेको १५औं स्थानमा परेको छ । सो बैंकले गत आर्थिक वर्षमा १ अर्ब २५ करोड रुपैयाँ कर तिरेको छ ।

त्यस्तै अग्नी इन्कर्पोरेट प्रालि गत आवमा १ अर्ब २० करोड रुपैयाँ कर तिरेको छ । नेपाल एसविआई बैंकले गत आर्थिक वर्षमा १ अर्ब १० करोड ३ लाख ४४ हजार रुपैयाँ कर तिरेको छ । अर्काे बाणिज्य बैंक एनआईसी एशिया बैंकले १ अर्ब ८ करोडरुपैयाँ कर तिरेको छ ।

बढी कर तिर्ने करदाताको १९औं स्थानमा जगदम्बा स्टिल्स परेको छ । सो प्रालिले गत आर्थिक वर्षमा १ अर्ब ६ करोड रुपैयाँ कर तिरेको छ । अर्बभन्दा बढी कर तिर्ने २० करदाताको अन्तिम सुचीमा एभरेष्ट बैंक छ । एभरेष्टले गत आर्थिक बर्षमा १ अर्ब ४ करोड ५१ लाख ४५ हजार रुपैयाँ कर तिरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.