बार्षिक २ अर्बको लगानी थप्दै स्मार्ट टेलिकम, काठमाडौंबाट सेवा संचालन र फोरजी घोषणा आगामी दशैंमा

  २०७४ साउन २४ गते ९:४६     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार टेलिकम स्मार्ट टेलिकमले बार्षिक २ अर्ब रुपैयाँको प्रविधि तथा सेवा विस्तारमा लगानी गरेको भएपनि यसले समयमा नै फोरजी सेवा दिन सकेन । स्मार्टले यही साउन १५ देखि चौथो पुस्ताको मोवाइल इन्टरनेट सेवा (फोरजी) दिने तयारी गरेको थियो ।

दूरसञ्चार क्षेत्रको नियमक निकय नेपाल दूरसञ्चार प्राधिकरणले पनि स्मार्टलाई उक्त समयमा फोरजी संचालन गर्न तीन महिना अगाडि नै अनुमति दिएको थियो ।

आवश्यक उपकरण आइनपुगेको र तयारी गर्दागर्दा नभ्याएको भन्दै स्मार्टले थप २ महिनाको समय मागेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालले बताए ।

उसले आवश्यक तयारी गरेको भएपनि सेवा सञ्चालन गर्न ढिलाई भएको विषयलाई लिखित रुपमै प्राधिकरणसमक्ष पेश गरेको छ ।

स्मार्टले भने नयाँ प्रविधि र सेवा विस्तारमा नयाँ उपकरण ल्याउने तथा लगानी विस्तार आक्रामक रुपमै बढाउने रणनीति बनाइरहेको छ । यो कम्पनीले वार्षिक २ अर्ब रुपैयाँ नयाँ प्रविधि र सेवा विस्तारमा लगानी गरिरेहको छ ।

स्मार्टले नेपाल दूरसञ्चार प्राधिकरणबाट पाएको इक्युपमेन्ट सिफारिशमा बार्षिक २ अर्बको अनुमति लिएको छ । यो अनुमति अनुसार आवश्यक उपकरण ल्याएर सेवा विस्तारको तयारी गरिरहेको पनि प्राधिकरणले जानकारी दिएको छ ।

७५३ वटा बीटीएस टावर थप गर्दै स्मार्ट
प्राधिकरणका अनुसार यो कम्पनीले फोरजी सेवालाई नै दृष्टिगत गरेर ३५० वटा बीटीएस टावर जडान गरिसकेको छ । थप ५० वटा जडानको क्रममा रहेको छ ।

यसले अझै २१३ वटा नयाँ बीटीएस टावर जडान गर्न उपकरण आयात गरिसकेको जानकारी प्राधिकरणसमक्ष दिएको छ ।

यसले जम्मा ५७३ वटा बीटीएस टावर बनाउने गरी प्राधिकरणबाट अनुमति पाइसकेको पनि उल्लेख छ ।

प्राधिकरणलाई दिएको जानकारीमा उपकरण आयात कतिपय प्रक्रियामा रहेको भन्सारमा आइपुगेका र भन्सार क्लियर गर्न बाँकी रहेकासहितका आवश्यक प्रक्रिाय पुर्याउँदा पुर्याँउदै प्राधिकरणले दिएको समयमा फोरजी संचालन गर्न नसकेको पनि उल्लेख गरेको छ ।

टुजीबाट एकैपटक फोरजीमा सेवा विस्तार
स्मार्टले टुजीबाट एकैपटक फोरजीमा सेवा विस्तार गर्न थालेको हो । यो कम्पनीले थ्रीजी सेवा सञ्चालन गर्न माग गर्दै गत आव २०७३/०७४ मै चार अर्ब रुपैयाँको उपकरण आयात गर्न अनुमति मागेको थियो ।

पछिल्लो समय नयाँ पुस्ताको इन्टरनेट सेवाको प्रयोग र बजार बढेकोले स्मार्टले थ्रीजी विस्तार नगरी एकैपटक टुजीबाट फोरजीमा गएको छ । यसले थ्रीजीमा नजाने भन्दै गत वर्ष प्राधिकरणबाट लिएको लगानी अनुमतिमा २ अर्ब ४० करोड रुपैयाँको टेण्डर नै रद्द गरेको जानकारी प्राधिकरणले दिएको छ ।

यो कम्पनीले हाल फोरजी सेवाका लागि आवश्यक गृहकार्य गरिहेको छ । फोरजी सेवाका लागि आवश्यक उपकरण ल्याउन स्मार्टले गत वर्ष २ अर्बको उपकरण भित्र्याएको यो कम्पनीले चालू आवमा पनि २ अर्ब रुपैयाँको लगानी अनुमति मागेको छ । यस्तो लगानी कम्पनीले उपकरण आयात, सेवाको स्तर बृद्धि र नयाँ प्रविधिमा प्रयोग गर्न ल्याउने पनि प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले २०६५ वैशाखमा स्मार्ट टेलिकमलाई युनिफाइड लाइसेसेन्सको अनुमति दिएको थियो । स्मार्ट टेलिकको हाल १५ लाख ग्राहक संख्या रहेको छ । कामाडौ बाहिरबाट सेवा सुरु गरेको यो कम्पनीले काठमाडौंमा पनि सेवा सुरु गरिसकेको छ ।

यो टेलिकमले काठमाडौंमा सेवा सञ्चलनको जानकारी प्राधिकरणलाई दिइसकेको भएपनि औपचारिक घोषणा भने गरेको छैन । यो कम्पनीले अब फोरजी लन्चसँगै कठमाडौंबाट स्मार्टको सेवा सञ्चालनको घोषणा पनि गर्ने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.