विदेशी अनुदानमा डुब्दै संसदीय समिति, आइएनजीओको पछाडि दौडिए सांसद

  २०७४ साउन २४ गते ६:५९     विकासन्युज

काठमाडौं । संसदीय समितिका सदस्यहरु विदेशी दातृ निकायको सहयोग प्राप्त कार्यक्रममा सहभागी भई कार्यक्रमसमेत आफैँले चलाईहरका छन् ।

मिनी संसद का रुपमा परिचित संसदीय समिति मुलुकको एेन, कानुन र नीति निर्माण गर्ने प्रमुख थलो हो जहाँ पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले लगानी गरेर कार्यक्रम चलाईरहेका छन् ।

संसदको वातावरण समितिका सबै ४६ जना सदस्य जेठ २९ गते डब्लुडब्लुएफ नेपालले लगानी गरेको कार्यक्रममा सहभागि भएर कार्यक्रम आफैंले चलाए । काठमाडौंमा भएका २ वटा अन्य समितिका प्रतिनिधी पनि थिए ।

त्यति मात्र हैन काठमाडौंबाहिर अन्य ६ प्रदेशमा एकएक कार्यक्रम संसदहरु आफैंले संचालन गरे । कार्यक्रममा डब्लुडब्लु एफले ४० लाख सहयोग र प्राविधिक सहयोग गरे । नागरिक दैनिकबाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.