७८ प्रतिशत उम्मेदवारले खर्च विवरण बुझाएनन्, २२ प्रतिशतले मात्रै बुझाए

  २०७४ साउन २३ गते ७:१०     विकासन्युज

काठमाडौं । स्थानीय तहमा उम्मेदवारी दिएका अधिकांशले जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका छैनन् । मतगणना सकिएको एक महिनाभित्र विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार २२ प्रतिशत उम्मेदवारले मात्रै निर्वाचन खर्चको विवरण बुझाएका छन् ।

जिल्ला निर्वाचन अधिकृत माधवप्रसाद फुयाँलले पटकपटक आग्रह गर्दा पनि विवरण नबुझाएको बताए ।

स्थानीय तहको निर्वाचनमा जिल्लामा एक हजार ६ सय ८० उम्मेदवार थिए ।
निर्वाचन कार्यालयले १९ साउनसम्ममा विवरण बुझाउने अन्तिम मिति तोकेको थियो । तर, तीन सय ८१ जनाले मात्र विवरण बुझाएको कार्यालयले जनाएको छ ।

दलका उम्मेदवारहरूले वुझाएको खर्च विवरण पनि उनीहरूले गरेको खर्चका आधारमा निकै न्यून देखिएको निर्वाचन कार्यालयले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.