माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा स्थानान्तरण

  २०७४ साउन २२ गते १७:१०     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं. २ मा स्थानान्तरण गरेको छ । बैंकले पोखरामा रहेको केन्द्रीय कार्यालय आइतबार काठमाडौंमा स्तानान्तरण गरेको हो । हाल बैंकको केन्द्रीय कार्यालय नयाँबजार, पोखरा र कर्पोरेट कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ ।

साउन २२ गते सम्पन्न कम्पनीको विशेष साधारण सभा बैंकको केन्द्रिय कार्यालय स्थानान्तरण गर्ने निर्णय गरेको हो । उक्त कार्यालय स्थानान्तरण गर्ने कार्यक्रम पोखराको होटल पोखरा ग्राण्डमा बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन के.सी.को सभापतित्वमा सम्पन्न भएको छ ।

बैंकको विशेष साधारण सभाले नियामक निकायहरुले गरेका परिवर्तित व्यवस्थाहरुलाई समेट्न प्रबन्धपत्र तथा नियमावलीका केही व्यवस्थाहरु परिमार्जन गर्ने विषय समेत पारित गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ । बैंकले २०७४ साल आसार मसान्त सम्ममा ५८ अर्ब ६३ लाख रुपैयाँ निक्षेप परिचालन गरी ५१ अर्ब ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, बैंकले सो अवधिमा १ अर्व ३० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ । बैंकले आफ्नो चुक्ता पूँजी वृद्धि गरी ८ अर्व पुर्याउन हाल १२ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ ।

बैकले ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७० स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.