माछापुच्छ्रे बैंकको नाफा ४६ प्रतिशतले वृद्धि, बैंक अब अर्ब कमाउने सूचिमा 

  २०७४ साउन २२ गते ९:००     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा ४६ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक बर्ष २०७३/७४ मा आफ्नो नाफा ४६ दशमलब शुन्य ६ प्रतिशतले बढाएर एक अर्ब ३० करोड पुर्याउँदै अर्ब कमाउने बैंकको सूचिमा उक्लिएको हो ।

बैंकले आर्थिक बर्ष २०७२/७३ मा जम्मा ८९ करोड मात्रै नाफा कमाउन सकेको थियो । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आर्थिक बर्षमा ५८ अर्ब ६२ करोड निक्षेप संकलन गरेर ५१ अर्ब ८६ करोड कर्जा लगानी गरेको छ । बैंकको ब्याज आम्दानी ५ अर्ब ११ करोड छ भने ब्याज खर्च जम्मा २ अर्ब ७९ करोड मात्रै रहेको छ ।

६ अर्ब ५९ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २ अर्ब ५१ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २३ रुपैंयाँ ९८ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १३६ रुपैंयाँ ४४ पैसा रहेको छ । बैंकको खराब कर्जा शुन्य दशमलब ३७ प्रतिशत मात्रै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X