साझालाई सहयोग गरेकामा लेखा समितिको आपत्ति

  २०७४ साउन २० गते १७:१५     विकासन्युज

काठमाडौ । सांसदहरुले ११ वर्षदेखि लेखापरीक्षण नगराएको साझा प्रकाशनलाई १० करोड रूपैयाँ अनुदान र २० करोड रूपैयाँ ऋण दिएकामा आपत्ति जनाएका छन् ।

विभिन्न पत्रपत्रिकामा अनियमितताको समाचार सार्वजनिक भएपछि आज बसेको व्यवस्थापिका-संसद्को सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले विसं ०६३ देखि लेखापरीक्षण नगरेकाले छानबिन गर्न माग गरेका छन्। सांसद रामहरि खतिवडाले नेताहरुको सिफारिसमा प्रकाशनमा कर्मचारी नियुक्ति गरेर संस्थालाई टाट पल्टाएको बताए।

“प्रकाशनमा अनियमितता भएको सार्वजनिक भएपछि शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिका सदस्यकी श्रीमतीलाई कर्मचारीमा नियुक्ति गरिएको छ, ६३ करोड घाटामा गएको संस्थाका सञ्चालक समिति सदस्य र नजिकका पत्रकारलाई जापान तथा कोरियाको भ्रमण गराइएको छ”–उनले भने ।

“अध्यक्ष÷महाप्रबन्धकले साझाबाट पुस्तक नछपाएर आफ्नो निजी संस्था अक्सफोर्ड प्रकाशनबाट किताब छापेका छन्”–उनले भने । सांसद डिम्पलकुमारी झाले लेखापरीक्षण समेत नगर्ने संस्थालाई सरकारले अनुदान र ऋण दिएकामा आपत्ति जनाएकी िथइन । सांसद भरतकुमार साहले प्रकाशनका अध्यक्ष÷महाप्रबन्धकले रु ५० लाख रूपैयाँ आफ्नो नाममा राखेर आफैँलाई फसाएको बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.