प्रभु इन्स्योरेन्स २२ औं वर्षमा प्रवेश, बीमा कम्पनीहरुको निरीक्षण कडा बनाउने चापागाईकाे भनाई

  २०७४ साउन २० गते १५:३३     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २१ औं वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा आयोजित एक कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले बीमा कम्पनीहरुको पुँजी बृद्धि सम्वन्धमा नयाँ मापदण्ड तय गरिएकोमा तोकिएको समयमै कम्पनीहरुले पुँजी कायम गर्न सफल हुने विश्वाश व्यक्त गरेका छन् ।

साथै, उनले निर्जिबन बीमाको दायरा बृद्दि गर्नको लागि हुलदंगा तथा आतंकबादको बीमा दर परिमार्जन गरिएको बताए । आगामी दिनहरुमा बीमा कम्पनीहरुको निरिक्षण प्रभावकारी बनाउँदै लगिने र बीमा क्षेत्रमा नियम, बिधि तथा कानुन अनुसार काम नगर्नेलाई कारवाही गर्न पछि नपर्ने चापागाईले जनाएका छन् ।

कार्यक्रममा कम्पनीका अध्यक्ष कुसुम लामाले कृषि तथा बाली बीमा सम्वन्धमा सहकार्य गरि अगाडी बढ्नु पर्ने आवश्यकता रहेको बताइन् । साथै, उनले बीमा समिति र बीमा कम्पनीहरुले सहकार्य गरी जनचेतनामुलक कार्यक्रम संचालन गरि अगाडी बढ्नु पर्नेका साथै कृषि तथा बाली बीमाको लागि पुर्वाधार बृद्धि गरि अगाडि बढ्नु पर्ने बताएकी छन् ।

सोहि कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले नियामक निकायको निर्देशनलाई सदैव पालना गर्दै प्रतिस्प्रधात्मक बजारमा प्रतिस्पर्धा गर्दै अघि बढ्दै र आवश्यकता अनुसार शाखा शञ्जाल बिस्तार गरिंदै लगिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.