भार्गव विकास बैंकले कमायो साढे तीन करोड, नाफा ३६ प्रतिशतले बढ्यो

  २०७४ साउन २० गते ९:११     विकासन्युज

काठमाडौं । भार्गव विकास बैंकले गत आर्थिक वर्षमा ३ करोड ५१ लाख रुपैयाँ कमाएको छ । यो वैंकले अघिल्लो आवको तुलनामा ३६ प्रतिशतले नाफा बढाएको छ ।

यसले अघिल्लो वर्षको तुलनामा ९३ लाख रुपैयाँ नाफा बढाएको छ । यसको अघिल्लो वर्षको नाफा २ करोड ५८ लाख रुपैयाँ रहेको थियो ।

यो बैंकको गत असारमसान्तसम्मको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । यसको संचित कोषमा ५ करोड २५ लाख रुपैयाँ छ । गत असारमसान्तसम्ममा बैंकले १ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ४६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ ।
यसले गरेको लगानी १ करोड ३९ लाख रुपैयाँ छ ।

यो विकास बैंकको खराव कर्जा अनुपात शून्य दशमलव ८९ प्रतिशत रहेको छ । यसको सीसीडी रेसियो ६४ दशमलव १५ प्रतिशत छ ।
यो बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ३२ पैसा रहेको छ । यसको प्रति सेयर नेटवर्थ १९ रुपैयाँ ९२ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.