प्रभु बैंकले बढायो ५२ प्रतिशत नाफा, बैंकले कमाई १ अर्ब ७५ करोड

  २०७४ साउन २० गते ८:५२     विकासन्युज

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षमा ५२ दशमलव ५९ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७५ करोड १५ लाख रुपैयाँ खुँद मुनाफा गरेको छ ।

यस्तो नाफा अघिल्लो आवको तुलनामा ६० करोड ३७ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब १४ करोड ७८ लाख रुपैयाँ नाफा गरेको थियो ।

यो बैंकको गत असारमसान्तसम्मको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।

यसको संचित कोषमा २ अर्ब ५ करोड रुपैयाँ छ । गत असारमसान्तसम्ममा बैंकले ८१ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ६१ अर्ब ९७ करोड रुपैयाँ कर्जा सापटी दिएको छ ।

यसले गरेको लगानी ११ अर्ब ६९ करोड रुपैयाँ छ ।  बैंकको खराव कर्जा अनुपात ४ दशमलव २९ प्रतिशत रहेको छ । यसको सीसीडी रेसियो ७१ दशमलव १० प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.