चालु आवमा उठाइने आन्तरिक ऋण तालिका सार्वजनिक

  २०७४ साउन १९ गते १५:३६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०७४/०७५ का लागि उठाइने आन्तरिक ऋण तालिका सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सरकारका लागि चालु आवमा विभिन्न मौद्रीक उपकरणबाट १ खर्ब ४५ अर्ब रुपैयाँ रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।

पहिलो त्रैमाशमा ३२ अर्ब ५४ करोड, दोस्रो त्रैमाशमा ४६ अर्ब ६१ करोड १३ लाख, तेस्रो त्रैमाशमा ४५ अर्ब ८८ करोड ८६ लाख र चौथो त्रैमाशमा १९ अर्ब ९६ करोड रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको राष्ट्र बैंकले जनाएको छ ।

पहिलो त्रैमाशमा कुल लक्ष्यको २२.४४, दोस्रोमा ३२.१५, तेस्रो त्रैमाशमा ३१.६५ र चौथो त्रैमाशमा १३.७६ प्रतिशत ऋण उठाउने भएको छ ।

चालु आवमा राष्ट्र बैंकले ४५ प्रतिशत अर्थात ६६ अर्ब रुपैयाँ ट्रेजरी बिल्स, विकास ऋणपत्रबाट ४५.६६ अर्थात ७२ अर्ब, नागरिक वचतपत्र ४.१४ अर्थात ६ अर्ब र वैदेशिक रोजगार वचतपत्रबाट ०.६९ प्रतिशत अर्थात १ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।  चालु आवमा सरकारले २ खर्ब १४ अर्ब ३ करोड रुपैयाँ वैदेशिक ऋण लिने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.