विकास बैंक पनि अब स्थानीय तहमा, राष्ट्रिय स्तरका विकास बैंक सेवा दिन तयार

  २०७४ साउन १९ गते ७:३९     विकासन्युज

काठमाडौं । नेपाल नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकमात्र स्थानीय तहमा पुगेर बैकिङ सेवा दिनुपर्ने बाध्यकारी व्यवस्थालाई परिमार्जन गरेको छ ।

७४४ स्थानीय तहमध्ये बैंक शाखा पुग्न बाँकी २२५ ओटा संचित कोषमा व्यायभार हुनेबाहेक अन्य वित्तीय कारोबार गर्ने वित्तीय संस्था जान पाउने व्यवस्था गरेको हो ।

यससँगै राष्ट्रिय स्तरका विकास बैंक ती क्षेत्रमा शाखा विस्तार गर्न मंगलबार राष्ट्र बैंकले डेभलपेन्ट बैंकर्स संघलाई पत्र पठाएको छ ।

राष्ट्र बैंकले पठाएको उत्त पत्रका आधारमा बुधबार डेभलपमेट बैंकर्स संघले १२ ओटा राष्ट्रिय स्तरका विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले छलफल गरे ।

उक्त छलफलमा एक साताभित्रै संचालनमा रहेका विकास बैंकलाई पाएक पर्ने र तत्कालै शाखा खोल्न सकने सम्भावना भएका स्थानीय तहको पहिचान गरी राष्ट्र बैकमा बुझाउने निर्णय भएको संघका अध्यक्ष भतरजार ढकालले जानकारी दिए । आर्थिक अभियान दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.