यो वर्ष आर्थिक वृद्धि खुम्चिएर साढे ३ प्रतिशतमा सिमित हुने अनुमान

  २०७४ साउन १७ गते १४:१९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर खुम्चिने एक अध्ययनले देखाएको छ । इन्टिच्युट फर इन्ट्रिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईडीएस) ले गरेको अध्ययन अनुसार राष्ट्रिय नीतिमा कुनै पनि परिवर्तन नभएमा यो वर्ष नेपालको अर्थतन्त्र ३.५४ प्रतिशत मात्र विस्तार हुने अनुमान गरेको छ ।

आईडीएसले नेपालको आर्थिक परिदृष्य सार्वजनिक गर्दे वृद्धि कम हुने देखाएको हो । अनुकुल मौसम, विद्युत आपूर्तिमा सुधार र पुननिर्माणमा खर्च भएकाले नेपालको अर्थतन्त्र विस्तार भई ६.९४ प्रतिशत पुगेको थियो ।

आईडीएसले आगामी ०७५/०७६ मा आर्थिक वृद्धिमा केही विस्तार आई ३.७९ प्रतिशतसम्म हुने अनुमान गरेको छ । चालु र पूँजीगत खर्च क्रमशः ४६.२७ र १४.६८ वृद्धि भएमा आर्थिक वृद्धि ३.५१ र ४.०८ प्रतिशत रहने अनुमान गरिएको छ ।

औद्योगिक क्षेत्रले पनि १७ वर्षको अवधिमा उच्च आर्थिक वृद्धिदर हासिल गरि देशको कुल ग्राहस्थ उत्पादन वृद्धिमा सहयोग गरेको छ । कुल ग्राहस्थ उत्पादनमा ५१.५४ प्रतिशत ओगटेको सेवामूलक क्षेत्रमा पनि ६.९ प्रतिशत वृद्धिदर देखिएको छ ।

स्वदेशी उत्पादनमा भएको वृद्धि पर्यटकको बढ्दो आगमन, आयातमा भएको वृद्धि तथा व्यापारको वातावरणमा देखिएको सुधार नै यस क्षेत्रमा देखिएको सुधारका प्रमुख कारण रहेको आईडीएसले जानकारी दिएको छ ।

यस वर्ष सरकारी आय दोहोरो अंकले वृद्धि भएको छ । दर्ता शुल्कमा भएको वृद्धि, कर तथा गैर कर आयबाट भएको आम्दानी यसका कारक हुन् । निर्यातमा भएको अवरोध तथा सरकारी खर्चमा भएको कमीले गर्दा ओरालो लागेको सरकारी खर्च २०१६ को मध्यबाट विस्तारै सुधारउन्मुख रहेको छ ।

यस वर्ष नियमित समय भन्दाअघि नै बजेट पेश गरिएतापनि बजेट तर्जुमा गर्दाका संरचनात्मक त्रृटि तथा कार्यान्वयन बजेट खर्च यस वर्षं पनि पूर्ण रुपमा उपयोग हुन सकेको छैन । खाद्यान्न, पेय पदार्थ तथा अखाद्यवस्तु, सेवाहरुको मुद्रास्फीति निरन्तर घटेको छ । व्यापारमा भएको अवरोध अन्त्यसँगै उपभोक्ता मूल्य स्फीति २०१७ को मध्यमा २.९ रह्यो । यर्थाथमा खाद्य तथा पेय पदार्थको मूद्रा स्फीति २०१७ को मार्चमा नकारात्मक देखिएको थियो । यो क्रमागत रुपमा मुद्रास्फिति नकारात्मक रहेको तेस्रो महिना हो ।

आवासिय तथा उपभोग्य वस्तुको मूल्यमा आएको कमीका कारण अखाद्यवस्तु तथा सेवामा मूल्यस्फीति घटेको छ । यही स्थिति रहेको अवस्थामा उपभोक्ता मूल्य स्फीति २०१७–१८ मा ६. र २०१८–१९ मा ६.०३ प्रतिशत रहने अनुमान गरिएको छ ।

सामानहरुको निर्यात बढे अनुसार आयात पनि धेरै नै बढेको छ । जसले ५ वर्ष यताकै उच्च व्यापार घाटा २०१६–१७ को पहिलो ८ महिनामा ४८ बढेको छ । भुकम्पपछि वैदेशिक रोजगारमा जाने व्यक्तिहरु घटेको कारणले विप्रेषण वृद्धिपनि घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.