माछापुच्छ्रे बैंकले नयाँ बानेश्वरमा गर्याे सरसफाई कार्यक्रम

  २०७४ साउन १५ गते १२:०५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक तथा तेसो्र आँखा युवा क्लवको सहकार्यमा नयाँ बानेश्वरमा बृहत सरसफाई कार्यक्रम संचालन गरिएको छ ।

माछापुच्छ्रे बैंकको नयाँ बानेश्वर शाखाबाट सुरु भएको सरसफाई कार्यक्रम बुद्धनगरस्थित डी.डी.आईब्यांकेटमा पुगेर समापन भएको थियो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा सरसफाई तथा चेतना अभियानको १२० औं हप्ताको कार्यक्रमलाई सहयोग गर्दै उक्त स्थानमा बृहत सरसफाई कार्यक्रम संचालन गरेको हो ।

यस बैकले २०७३ साल चैत्र मसान्तसम्म रु ५८ अर्व ४ करोड निक्षेप परिचालन गरी रु. ५३ अर्व ५ करोड कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. १अर्व ५१ लाख खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.