सिटिजन्स बैंकले घटायो बचत खाताको ब्याजदर

  २०७४ साउन १५ गते १०:२४     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले बचत खाताको ब्याजदर पनि घटाउन थालेका छन् । यस अघि नै बाणिज्य बैंकहरुले मुद्धति खाताको ब्याजदरमा व्यापक कटौती सुरु गरेका थिए । मुद्धति खाताको ब्याजदर घटाएसँगै बचत खाताको ब्याजदर घटाउन बैंकहरु केन्द्रित हुन थालेका हुन् ।

सिटिजन्स बैंक बचत खाताको ब्याजदर ६ प्रतिशत बनाएको छ । बैंकले दैनिक बचत खातामा ६ प्रतिशतको ब्याज मासिक रुपमा भुक्तानी गर्नेछ । एनआईसी एसिया बैंकले भने अझै पनि बचत खातामा ९ प्रतिशत ब्याज दिईरहेको छ भने सानिमा बैंकले ८ प्रतिशत ब्याज दिईरहेको छ ।

बैंकहरुले निक्षेपको ब्याजदर घटाउन थालेपनि कर्जाको ब्याजदर भने अझै घटाउन सुरु गरेका छैनन् । आर्थिक बर्षको अन्त्यमा राज्य कोषबाट बाहिरिएको रकम र नयाँ बजेटको कार्यान्वयनसँगै बजारमा तरलता बढेपछि निक्षेपको ब्याजदर घट्न थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.