राष्ट्र बैंकमा एक्कै पटक १० जना कार्यकारी निर्देशक सरुवा, कसलाई कहाँँ सरुवा गरियो ?

  २०७४ साउन १४ गते १२:०९     रामकृष्ण पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० जना कार्यकारी निर्देशकहरुलाई सरुवा गरेको छ । सरुवा सम्बन्धि निर्णय विहीबार साँझ भएको हो । सरुवा हुने सबैले तोकिए अनुसारको नयाँ जिम्मेवारी आईतबारदेखि समाल्ने राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए ।

पण्डितका अनुसार कार्यकारी निर्देशक भिष्मराज ढुंगानालाई विदेशी विनिमय विभागबाट संस्थागत योजनामा सरुवा गरिएको छ । संस्थागत योजनाका कार्यकारी निर्देशक डा शंकरप्रसाद आचार्यलाई भुक्तानी प्रणालीमा सरुवा गरिएको छ ।

भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा नेफिल मास्केलाई गभर्नरको कार्यालयमा सरुवा गरिएको छ । गभर्नरको कार्यलयका कार्यकारी निर्देशक डा भूवनेश प्रसाद पन्तलाई राष्ट्र ऋण विभागका सरुवा गरिएको छ ।

पण्डितका अनुसार राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक निलम ढुंगानालाई आन्तरिक लेखापरिक्षण विभागका सरुवा गरिएको छ । आन्तरिक लेखापरिक्षण विभागका कार्यकारी निर्देशक बासुदेव अधिकारीलाई वित्त कम्पनी सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ ।

वित्त कम्पनी सुपरिवेक्षणका कार्यकारी निर्देशक एजेन्द्रप्रसाद लुईटेललाई सामान्य सेवा विभागमा सरुवा गरिएको छ । सामान्य सेवा विभागका कार्यकारी निर्देशक रमेशकुमार पोखरेललाई विदेशी विनिमय विभागको जिम्मेवारी दिईएको छ ।

विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलालाई मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ भने मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भुवन कडेललाई विकास बैंक सुपरिवेक्षण विभागको नेतृत्व दिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.