सांग्रिला बैंकको समिक्षा भेला सम्पन्न

  २०७४ साउन ९ गते १६:४६     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले शाखा प्रमुखहरुको २ दिने समिक्षा भेला सम्पन्न गरेको छ । बैंकले आर्थिक बर्ष २०७३ र ७४ को समिक्षा भेला साउन ७ र ८ गते पोखरामा गरेको थियो।

बैकका बिभिन्न बिभागीय प्रमुख क्षेत्रीय प्रबन्धक र शाखा प्रमुुख गरी ४५ जना कर्मचारीको सहभागीतामा प्रशिक्षण तथा समिक्षा कार्यक्रम आयोजना गरेको जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा बैंकका नायब प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकको गत आर्थिक बर्षको समिक्षा गर्नुुको साथै बैंकको भावी योजना तथा रणनीतिको बारेमा प्रष्ट पारेका थिए । नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई जारी गरेको परिमार्जित निर्देशनको बारेमा नेपाल राष्ट्र बैंकका उप-निर्देशक शरण कुुमार अधिकारीले प्रशिक्षण दिएका हुन् ।

कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्यल पनि प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा संचालक समितिको तर्फबाट अध्यक्ष प्रा डा रविन्द्र प्रसाद श्रेष्ठ, संचालक शिवलाल मल्लले बैकको वर्तमान अवस्था र भावी कार्यक्रममाथि प्रकाश पारेका थिए ।

बैंकले आर्थिक बर्ष २०७३ र ७४ मा १३ अर्व ८७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । ११ अर्ब ६६ करोड कर्जा प्रवाह गरि करिब ५४ करोड १ लाख रुपैयाँ संचालन मुनाफा कमाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.