धमाधम रोजगारी खुलाउँदै बीमा कम्पनी, रिलायन्स, नेपाल लाइफ र युनाइटेडले मागे नयाँ जनशक्ति

  २०७४ साउन ४ गते ८:२२     विकासन्युज

काठमााडौं । सरकारले विभिन्न १० वटा जीबन बीमा कम्पनीलाई सञ्चालन अनुमित दिएसँगै बीमा क्षेत्रमाा रोजगारीको अवसर पनि थपिन थालेका छन् । बीमा कम्पनीले सञ्चालन तयारीका लागि धमाधम नयाँ र दक्ष जनशक्ति माग गरिरहेका छन् ।

सञ्चालनको तयारीमा रहेको रिलायन्स लाइफ इन्स्योरेन्सले कार्यालय सहयोगिदेखि सीईओसम्मको लागि दरखास्ता आवेदन मागेको छ । यो कम्पनीले २४ जना भन्दा बढीको आवदेन मागेको छ । यो बीमा कम्पनीले एक जना सीईओ, चीफ बिजनेश अफिसर, चिफ अपरेटिङ अफिसर, चिफ फाइनान्स अफिसर एकएक जना मागेको छ ।

यसले हेड अफ डिमार्टमेन्ट चारजना, ब्रान्च म्यानेजर १४ जना, कर्पोरेट हेड एक जान र केही संख्यामा अफिसर र असिस्टेन्ट मागेको छ । आवश्यक योग्यता पुगेको र इच्छुक नागरिकको लागि यो बीमा कम्पनीले ग्लोवलजव डटकम डट एनपीमार्फत यही जुलाई २५ भित्र आवेदन दिन आग्रह गरेको छ ।

यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले पनि आइटी अफिसर, क्लेम तथा अन्डरराइटिङ अफिसर, सहायक तथा अन्य कामदार काठमाडौं र बाहिरका लागि जनशक्ति माग गरेको छ । यो कम्पनीले पनि आगामी सात दिन भित्रै नेशनल लाइफमा आवेदन दिन आग्रह गरेको छ ।

यसैगरी युनाइटेड इन्स्योरेन्सले पनि केन्द्रीय कार्यालय तथा बाहिरका कार्यालयका लागि केही दक्ष जनशक्तिको माग गरेको छ । यो बीमा कम्पनीले ट्रेनी मार्केटिङ केही संख्यामा माग गरेको छ । यसले सात दिन भित्र आवश्यक योग्दा पुगेका र इन्छकु नागरिकलाई युनाइटेड इन्स्योरेन्समा आवेदन दिन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.