आजबाट १० लाख भन्दा बढि नगद कारोबार गरे जफत हुने

  २०७४ साउन १ गते ९:३८     विकासन्युज

काठमाडौं । आजबाट १० लाख भन्दा बढि रकम नगद कारोबार गरेमा जफत हुने भएको छ । नेपाल राष्ट्र बैंकले १० लाख भन्दा बढि रकम नगदमा कारोबार गरे सम्पति सुद्धिकरण विभाग मार्फत जफत गराउने भएको हो । रकम जफत मात्रै नभएर सोही बराबर जरिवाना पनि तिर्नुपर्नेछ ।

अब बैंक तथा वित्तिय संस्थामा १० लाख भन्दा बढि रकम जम्मा गराउँदा पनि आम्दानीको श्रोत खुलाउनुपर्नेछ । सम्पति सुद्धिकरणमा कडाईका लागि नेपाल राष्ट्र बैंकले नगद कारोबारलाई खुम्च्याएको हो । अब उच्च पदस्थ अधिकारीहरुको बैंक खातामा पनि उच्च निगरानी बढाउने केन्द्रिय बैंकले बताएको छ । कान्तिपुर दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.