नागरिक लगानी कोषमा १२ जनालाई जागिर

  २०७४ असार ३० गते ८:२५     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषमा १२ जनाका लागि जागिर खुलेको छ । कोषले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदमा १२ जनाका लागि आवेदन मागेको छ । कोषले अधिकृत ३ जना, बरिष्ठ सहायक २ जना, बरिष्ठ कम्प्युटर अपरेटर ३ जना, सहायक २ जना र सहायक कम्प्युटर अपरेटर २ जनाका लागि दरखास्त आव्हान गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरुले तोकिएको दस्तुर बुझाएर आगामी एक महिना भित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर अर्काे एक सातासम्म आवेदन दिन सकिनेछ । अधिकृत पदमा आवेदन दिनेले स्नातकोत्तर उतिर्ण गरेको हुनुपर्नेछ भने सहायकले स्नातक तह उतिर्ण गरेको हुनुपर्नेछ ।

अधिकृत पदमा आवेदन दिनेले एक हजार दस्तुर र सहायक तहमा आवेदन दिनेले ६ सय दस्तुर बुझाउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.