पेन्सनको लोभमा राजीनामा नदिई एडीबीको जागिरमा हन्निदै, मुख्य सचिवको गरिमा बिर्सेर सहसचिवस्तरको पदमा

  २०७४ असार २९ गते ६:५१     विकासन्युज

काठमाडौं  । मुख्य सचिव सोमलाल सुवेदी निवृत्तिभरण पेन्सन बढाउनका लागि राजीनामै नदिईकन एसियाली विकास बैंक एडीबी को बैकल्पिक कार्याकारी निर्देशन पदमा जागिर खान लागेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीका अनुसार निजामती प्रशासनकै नेतृत्व गरिरहेका सुवेदीले थप ३ बर्ष सेवा गरेबराबरको पेन्सन् बढाउने लोभमा आफ्नो पद अतिरिक्त समुहमा राखी एडीबीको ३ बर्षे जागरिमा जान लागेका हुन् ।

उनी साउन १ देखि पद सम्हाल एडीबीको ३ वर्षे जागीरमा जान लागेका हुन । उनी एडीबीको मूख्यालय फिलिपिन्सको मनिला जाँदै छन् ।

सुवेदीले पेन्सन बढाउन प्रधानमन्त्री शेरबहार देउवा र मन्त्रिपरिषद्समेत सहयोगी बनिदिएको छ । कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.