३ बर्षदेखि सशस्त्रका सिपाहीलाई लत्ताकपडा कटौती, कम्ब्याट ड्रेससहितका अत्यावश्यक सामग्री पाएनन

  २०७४ असार २३ गते ७:१२     विकासन्युज

काठमाडौं ।  सशस्त्र प्रहरी प्रधान कार्यालयले ३ बर्षदेखि आफ्ना जनशक्तिलाई कम्ब्याट ड्रेससहितका अति आवश्यकीय लत्ताकपडा उपलब्ध गराउन सकेको छैन ।

ठेकेदार र निर्णय प्रक्रियाा संलग्न अधिकारीबीच अपारदर्शी खरिद प्रक्रिया तथा आर्थिक चलखेल हुँदा यस्तो अवस्था देखिएको जानकारहरु बताउँछन् ।

बर्षेपिच्छे उपलब्ध गराउनुपर्ने बुट, चुस्ता, ट्राउजर लगायत मौसम अनुसारका आधा दर्जन लत्ताकपडा खरिद नहुँदा करिब ३७ हजार सशस्त्र प्रहरी कर्मचारीका लागि विनियोजित बजेट नै फ्रिज भएर लत्ताकपडा उपलब्ध गराउन नसकेको हो । कारोबार दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.