अध्यागमनमा रोकिएका २७ सय यात्रुले भाडा फिर्ता पाएनन्, कामदारकाे बिजाेग गरा दलालले

  २०७४ असार २० गते ७:०९     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले विदे अश जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा रोकिएका करिब ३ हजार नेपालीको हवाई भाडा फिर्ता गर्न अटेर गरेका छन् ।

अध्यागमनले सुरक्षा जाँचमा कडाइ गरेपछि गैरकानूनी रुपमा विदेश जान लागेका तथा आवश्यक कागजात नपुगेका यात्रु फिर्ता हुने क्रम बढेको विभागले जानाकारी दिएको छ ।

विदेश जाने क्रममा विमानस्थलको अध्यागमनबाटै फिर्ता भएका २ हजार ७ सयभन्दा बढी नेपालीले हवाई भाडमा तिरेको ६० करोडभन्दा बढी रकम नपाएको पाइएको छ ।

फिर्ता भएका यात्रुले गन्तव्य र हवाई कम्पनीअनुसार २० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म फिर्ता पाउनुपर्छ ।

भाडा फिर्ता नपाउनेमा सबैभन्दा बढी वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने नेपाली कामदार रहेका छन् । कारोबार दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.