चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीद्वारा संकटलाई अवसरमा बदल्न आग्रह

  २०७४ असार १८ गते १८:५०     विकासन्युज

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले उद्यमी व्यवसायीहरूले संकटलाई अवसरमा रुपान्तरण गर्न सक्नु पर्ने बताए । श्रीलंकाका उद्यमी व्यवसायीको छाता संगठन सिलोन चेम्बर अफ कमर्सको १७८औं बार्षिक साधारण सभा सम्बोधन गर्दै अध्यक्ष चौधरीले लगानीकर्ताका लागि संकट अवसर रहेको धारणा राखेका छन् ।

‘जति बेला एलटिटिईले कोलम्बो एयरपोर्टमा विमानहरू ध्वस्तपारेको थियो, त्यही समयमा म श्रीलंकाप्रवेश गरेको थिएँ’, अध्यक्ष चौधरीले भने, ‘श्रीलंकाको राजनीतिक संकटलाई कारण देखाएर यहाँ लगानी नगरेको भए सायद मैले धेरै महत्वपूर्ण कुराहरु गुमाउने थिएँ ।’ सिजीकर्प ग्लोबलले श्रीलंकामाताज समुद्र लगायतका प्रख्यात होटलहरूमा लगानी गरेको छ ।

अध्यक्ष चौधरीले नेपालको माओवादी द्वन्द्वको समयमा नवलपरासीमा सिजी इन्डस्ट्रियल पार्क स्थापना गरेको, उत्तरपूर्वी भारतमा उल्फाले द्वन्द्व मच्चाइरहँदा वाईवाईको बजार प्रवर्धन गरेको र अफ्रिकामा जारी द्वन्द्वकाबीच लगानी विस्तार गरिरहेको आफ्नो अनुभव श्रीलंकाली लगानीकर्तासँग बाँडेका छन् । ‘लगानीको अनुकुल वातावरण तयार होला र लगानी विस्तार गरौंलाभनेर प्रतिक्षा गरेको भए चौधरी ग्रुुपअहिले मल्टिन्यासनल कम्पनीहुन संभव थिएन’, अध्यक्ष चौधरीले भने, ‘एकजनाउद्यमीले प्रतिकुल अवस्थालाई पनि अनुकुलतामा परिणत गर्न सक्छ र त्यसो गर्न सम्भव छ ।’

अध्यक्ष चौधरीले विजनेशका परम्परागत सोंचहरू असान्दर्भिक भएको विश्लेषण गर्दै नयाँ विजनेश सोंचहरुले विश्वमा राज गर्न थालेको बताए । परम्परागत सोंचबाट सञ्चालित विजनेशहरू कुनै पनि बेला असान्दर्भिक हुन सक्ने तर्फ सचेत गराउँदै अध्यक्ष चौधरीले समयानुकुल आफ्ना विजनेशलाई अपडेट गर्न नसक्ने हो भने नोकिया, ब्ल्याकबेरी वाकोडाकको जस्तै नियती भोग्नु पर्ने धारणा राखे ।

सूचना प्रविधिका क्षेत्रमाभइरहेको तिब्र विकासबाट दक्षिण एसियाली युवाहरुले लाभ लिन सक्नुपर्ने सुझाव उनले बताए । अहिले विश्वमा सूचना प्रविधीमा आधारित विजनेशहरुबाट धेरै युवाहरूले आफुलाई अर्बपति क्लबमा प्रवेश गराईरहेका छन् ।

अध्यक्ष चौधरीले नेपाली अर्थतन्त्रमा सन्तोषजनक सुधार आएको जानकारी दिदै अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई नेपालमा लगानीगर्न पनि ध्यानाकर्षण गरेका छन् । आर्थिक बृद्धिदर उच्च रहेको, लोडसेडिङको समस्या नरहेको, पूर्वाधार विकासमा नेपालले फड्को मारिरहेको जानकारी दिँदै उनले नेपालमा लगानी गर्ने यो उपयुक्त समय रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.