विमकको व्यवस्थापन खर्च सीमा १८ प्रतिशत, अभिकर्ता इन्सेन्टिभ अन्य शीर्षकमा

  २०७४ असार १६ गते ९:१९     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीहरुले अबदेखि १८ प्रतिशतसम्म व्यवस्थापन खर्च गर्न पाउने भएका छन् ।

बीमा अभिकर्ताहरुले इन्सेन्टिभ दिन गठित अध्ययन उपसमितिले बुधबार बीमा समितिलाई आफ्नो राय बुझाउदै कम्पनीहरुको व्यवस्थापन खर्चको सीमा तोकेको हो ।

उपसमितिले दिएको राय अनुसार कम्पनीहरुले संकलन गरेको प्रथम बीमाशुल्कबाट अभियकर्ता तालिम, अभिकर्ता अन्य र व्यापार प्रवद्र्धन शीर्षकमा खर्च गर्न पाउने उपसमितिका सदस्य एवम् पेशागत बीमा अभिकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष नन्दप्रसाद तिवारीले बताए ।

बीमा अभिकर्तालाई दिइने इन्सेन्टिभ खर्च भने कम्पनीहरुले अन्य खर्च शीर्षकमै राख्नुपर्ने छ । साथै अभियकर्तालाई दिइने इन्सेन्टिभमा बैदेशिक रोजगार (म्यादी) जीवन बीमाको बीमाशुल्क भने गणना गरिने छैन । कारोबार दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.