हिमालयन बैंकद्धारा मैतीदेवी मन्दिर परिसरमा ८ थान सिसिटीभी क्यामेरा जडान

  २०७४ असार १५ गते १४:२६     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौंको मैतीदेवी मन्दिर परिसरको विभिन्न स्थानमा सिसिटीभी क्यामेरा जडान गरेको छ । बैंकले विभिन्न स्थानमा ८ थान उच्च क्षमता युक्त सिसिटीभी क्यामेरा जडान गराई सो सम्बधि रेकर्डिङ्ग उपकरण बिहीबार एक समारोहकाबीच हस्तान्तरण गरेको छ ।

उक्त रेकर्डिङ्ग उपकरणले उच्च क्षमतामा १८ दिन सम्मको चौबिसै घण्टाको गतिविधिलाई सुरक्षित राख्न सक्दछ । बैंकले ऐतिहासिक एवं धार्मिक संपदाहरुको सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले यस कार्य गरेको हो ।

यस अवसरमा बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले सिसिटीभी सम्बन्धि उपकरणहरु मैतीदेवी क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव दर्शन महतोलाई औपचारिक रुपमा हस्तान्तरण गरे । साथै, श्रेष्ठले सिसिटीभी जडान भए पश्चात मन्दिर परिसर वरिपरि हुनसक्ने अवांछित गतिविधिहरु नियन्त्रणमा सहयोग पुग्ने विश्वास ब्यक्त गरका छन् ।

यसैगरि पुरातत्व विभागका महा निर्देशक भेष नारायण दाहालले बैंकको यस प्रकारको पुरातात्विक संपदा संरक्षणको कार्य अत्यन्त सह्रानीय रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.