वित्तीय क्षेत्रको व्यवस्थापनका लागि बैंक अफ कोरियासँग सहकार्यः राष्ट्र बैंक

  २०७४ असार १३ गते १७:३२     विकासन्युज

काठमाडौं । नेपालको वित्तीय क्षेत्रको अनुसन्धान र अनुगमनको कामलाई आधुनिकीकरण गर्न नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दुवै बैंकका पदाधिकारीबीच सहकार्य गरेर अघि बढ्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

बैंक अफ कोरियासँग सहकार्यबाट नेपाली वित्तीय बजारको अवस्थामा स्तरोन्नती हुने नेपाल राष्ट्र अनुसन्धान विभाग प्रमुख नरवहादुर थापाले बताए । ‘उनीहरूसँगको सहकार्यबाट नेपालको समष्टिगत आर्थिक विकासको व्यवस्थापनका साथै सही ढंगबाट मौद्रिक उपकरणको उपयोग गर्न सकिन्छ ,’ उनले भने ।

बैंक अफ कोरियाले यस अघि पनि नेपाल राष्ट्र बैंकसँग वित्तीय व्यवस्थापनका लागि प्राविधिक क्षेत्रका सहकार्य गर्दै आएको थियो । नेपालको बैंकिङ प्रणालीलाई आधुनिक बनाउने सम्वन्धमा दुवै बैंकले आवश्यक सुझाव सहितको प्रतिवेदन ६ महिना भित्र तयार पार्ने समझदारी पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.