स्टार्टअप्स नेपालले ल्यायो एक दिने उद्यमी १०१ कार्यक्रम, आगामी शुक्रबार हुने

  २०७४ असार १३ गते १६:२०     विकासन्युज

काठमाडौं । स्टार्टअप्स नेपालले एक दिने उद्यमी १०१ कार्यक्रम ल्याएको छ । आगामी शुक्रबार हुन लागेको यस कार्यक्रम नेपाल टलिकमको प्रायोजकमा आयोजना गर्न लागिएको हो । जहाँ उद्यमी तथा भविष्यमा उद्यमी बन्ने सपना बुनेकाहरुले व्यवसाय कसरि शुरु गर्न सकिन्छ र शुरु गर्दा उद्यमीले के के कुरामा ध्यान दिनुपर्ने जस्ता कुराहरु सिक्ने मौका पाउने आयोजकले जनाएका छन् ।

त्यस्तै, विश्वविद्यालय विद्यार्थी, स्नातक, व्यवसायीक र कसैले निकट भविष्यमा आफ्नै उद्यम शुरु गर्न चाहानेहरुका निम्ति बनेको यस कार्यक्रममा सहभागीहरुले उद्यमीका उद्यम यात्रा तथा उद्यमशीलताको बारेमा बुझ्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.