एनएलजी इन्स्योरेन्सले नयाँ सीईओ माग्यो, को को छन् दौडमा

  २०७४ असार ११ गते २०:१३     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नयाँ नियुक्ती प्रक्रिया अगाडि बढाएको छ । बीमा समितिले जारी गरेको संस्थागत सुशासन, सीईओको योग्यता र प्रक्रिया पुरा गर्दै कम्पनीले भ्याकेन्सी (आवश्यकता) सम्बन्धि सूचना सार्वजनिक गरेको छ ।

व्यवस्थापन, अर्थशास्त्र, बीमा, वित्त, लेखा, वाणिज्य, कानुन वा गणित विषयमा मास्टर डिग्री हासिल गरेको वा व्याचलरसहित इन्जियियरिङ चार्टर्ड एकाउण्टेसी गरेको, बीमा कम्पनीमा भए पाँच वर्ष र बैंकमा भए कम्तिमा ८ वर्ष म्यानेजर भन्दा माथिको पदमा काम गरेको, बीमकको संस्थागत सुशासन निर्देशिका २०७३ अनुसार योग्य र ६० वर्ष ननाघेको व्यक्तिले प्रतिस्पर्धामा आवदेन गर्न सक्ने कम्पनीले जनाएको छ ।

इच्छुक व्यक्तिले चार वर्षको व्यवसायिक योजनासहित असार ३० गतेसम्म आवदेन गर्नु पर्नेछ । बीमा समितिले तोकेका प्रक्रिया अनुसार खुला प्रतिस्पर्धाबाट सीईओ छनौट गर्न लागेको र नयाँ नियुक्ती कम्पनी भित्र वा वाहिर दुबै क्षेत्रबाट हुन सक्ने कम्पनीका अध्यक्ष विमलप्रसाद वाग्लेले बताए ।

स्रोतका अनुसार प्रक्रिया पुरा गरेर सोही कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृत सुनील बल्लभ पन्तलाई सीईओमा नियुक्त गर्ने मनस्थितिमा केही सञ्चालकहरु छन् भने केही सञ्चालक बाहिरबाट नयाँ व्यक्ति ल्याउने कसरतमा छन् ।

भ्याकेन्सी सार्वजनिक भएपछि यूटाईटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले एनएलजी इन्स्योरेन्सका सञ्चालक र निर्णयक प्रवद्र्धकहरुसँगको भेटगाटलाई तिब्र पारेका छन् ।

यूटाईटेड इन्स्योरेन्स कम्पनीमा नियुक्त हुँदा गरेको करार सम्झौता अनुसार कार्यसम्पादन नतिजा दिन नसकेका बरालले सो कम्पनीमा सञ्चालकहरुबाट आलोचना खेप्दै आएका छन् । बैकिङ कसुर लगायत विभिन्न सरकारबादी मुद्दा खेपिरहेका बरालका कारण कम्पनीको ब्राण्ड इमेजमा धक्का लागेको महसुश सो कम्पनीका सञ्चालकहरुले गर्दै आएका छन् ।

दुई कार्यकाल सीमाले हालको कम्पनीमा निरन्तरताको समस्या निकट पुगेका अरु कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले पनि एनएलजीको सिईओमा आवेदन गर्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.