सोसियल बिजनेश च्यालेन्ज पुरस्कार कुलदिप अर्याललाई

  २०७४ असार ९ गते १७:४९     विकासन्युज

काठमाडौं । सोसियल बिजनेश च्यालेञ्ज २०१७ अवार्ड कुलदिप बन्धु अर्यालले प्राप्त गरेका छन् । युनुस सोसियल बिजनेश सेन्टर र किग्ंस कलेजले संयुक्त रुपमा सञ्चालन गरेको च्यालेन्जमा ग्रामिण विकास अभियानका तर्फबाट सहभागी अर्यालले अग्रो सेल्टर परियोजनाका लागि प्रथम पुरस्कार प्राप्त गरेका हुन् । अर्याललाई एक लाख नगद सहित पुरस्कृत गरिएको हो ।

समुदायद्धारा सञ्चालित कृषि उपज भण्डार केन्द्रलाई एग्रो सेल्टर भनिन्छ । हाम्रो डक्टर्स, एग्रो मार्ट, एल पानी, एग्रो टेक, फार्म, स्वास्थ्य मञ्च, एभोकाडो एण्ड मोर, स्प्रिङ स्यानीटेरी न्यापकिन्स र रास्बीन इन्टरप्राइजेजलाई पछि पार्दै उपाधी जितेको हो ।

संस्थाले नेपालमा व्यवसायीक कृषि कर्म र उत्पादित उपजको बजारीकरणमा ठुलो चुनौती रहेको बताएको छ ।
कृषि क्षेत्रमा रहेका समस्याहरुको तत्कालिन तथा दिर्घकालिन समाधानका उपायहरुको खोजी गर्दै सोसियल बिजनेश च्यालेञ्ज प्रतियोगीता आयोजना गरिएको थियो ।

५० प्रतियोगीहरुले काठमाडौं, बिरगञ्ज, बिराटनगर, जनकपुर, चीतवन लगायतका शहरबाट सहभागीता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.