कतार जाने नेपाली ४० प्रतिशतले घटे, जोखिम मोल्न नचाहेको व्यवसायीको भनाइ

  २०७४ असार ७ गते ७:१७     विकासन्युज

काठमाडौं । दुईसाताअघि छिमेकी मुलुकले नाकाबन्दी गरेको कतारमा रोजगारीका लागि जाने नेपालीको संख्या ४० प्रतिशतले घटेको छ ।

विभिन्न रोजगारदाता कम्पनीमा कार्यरत करिव चार लाख नेपालीमध्ये अहिलेसम्म कोही पनि समस्यामा परेको खबर सार्जजनिक नभए पनि सम्भावित जोखिमका कारण कतार जानेको संख्या घटेको अनुमान गरिएको छ ।

बैदेशिक रोजगारीमा जाने व्यक्तिलाई श्रम स्वीकृति जारी गर्ने गरेको वैदेशिक रोजगार विभाग, काठमाडौं कार्यालयका प्रमुख तेजराज पाण्डेका अनुसार कतारमा समस्या सिर्जना भएयता श्रम स्वीकृति लिनेको संख्या ४० प्रतिशतले घटेको छ । कतारमा रहेको राजदुतावसमसँग सम्पर्क गर्दा भने खासै समस्या नरहेको उनले जानकारी दिए । नागरिक दैनिकबाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.