चुनावी राैनककाे प्रभाव: मधेशी दलका नेता उपेन्द्र र महन्थबीचमै विवाद, एउटै पदमा आमा छोरी भिड्दै

  २०७४ असार ६ गते ७:३६     विकासन्युज

काठमाडौं । चुनावमा होमिएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र चुनाव विथोल्न आन्दोलनमा उत्रिको राजपा नेतृत्वबीच द्धन्द्ध बढ्न थालेको छ ।

राजपाका नेताहरुले अहिले कांग्रेस, एमाले र माओवादीका नेतालाई भन्दा फोरम नेपालका अध्यक्ष यादवलाई बढी गाली गर्ने गरेका छन् ।

यादवले पनि राजपाका केन्द्रीय तथा स्थानीय कार्यकर्तालाई प्रायः दिनदिनै आफ्नो पार्टीमाा प्रवेश गराईरहेका छन् ।

यादव अहिले पनि पार्टी प्रवेश कार्यक्रम व्यस्त छन् । यसकारण पनि रजापाक नेताहरु यादवसंग आक्रिशित भएका हुन् ।

आमा छोरी एउटै पदमा भिड्दै
खोटाङ । स्थानीय तहको निर्वाचनका लागि खोटाङमा फरक पार्टीबाट एउटै पदमाा आमा छोरी चुनावी मैदानमा उत्रिएका छन् ।

बाह्रपोखरी गाउापालकिा ३ साउनचौरमा दलित महिला सदस्य पदमा आमा र छोरीले मनोनयन दर्ता गराएको हुन् ।

आमा मनमाया बिक र छोरी अनिता बिकले मनोनयन दर्ता गराएका छन् ।

साकिको साउनेचौर ५ की आमा मनमायाँलाई नेपाली कांग्रेसर छोरी अनितालाई नेकमा माओवादी केन्द्रले वडा सदस्यमा टिक दिएको हो ।

दोधारमा थवाङबासी

विगतमा निर्वाचनका बेला अलग निर्णय गरेर छुट्टै इतिहास बनाएको थवाङमा यतिबेला चुनावी सरगर्मी बढेको छ ।

सधैं एकजुट बनेर विद्रोह गर्ने यहाँको राजनीतिमा स्थानीय निर्वाचनका कारण विभाजनको रेखा कोरिन थालेको छन्।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बाहुल्य रहेको थवाङमा यतिखेर माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

नेकपाले थवाङमा कुनै पनि उम्मेदवार आफ्नो नभएको दाबी गरे पनि उसकै विद्यार्थी संगठनका नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

मतदानको दिन नजिकिँदै गर्दा थवाङवासी दोधारमा परेका छन् । हिजोसम्म सबै एक हुने गरेकोमा चिनजानका मान्छे नै फरकफरक राजनीतिक झन्डा लिएर चुनावमा आएपछि थवाङवासी कसलाई भोट दिने भन्ने अन्योलपमा परेका हुन् । नागरिक दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.