शैक्षिक परामर्श दिँदै द जेन्युइन एजुकेसन सर्भिस

  २०७४ असार ५ गते ८:१६     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपाली विधार्थीहरुको आकर्षण अष्ट्रेलिया बनेको छ । अध्ययनसँगै काम र दाम पनि हुने हुँदा अष्टेलिया नेपाली विद्यार्थीकाे  पहिलो रोजाई बनेको हो । नेपाली विद्यार्थीकाे हरुको यही चाहनालाई सम्बोधन गर्दै विद्यार्थीहरुलाई अष्ट्रेलिया अध्ययनका लागि उपयुक्त शैक्षिक परामर्श उपलब्ध गराउने हेतुले काठमाडौंको सोह्रखुट्टे, लिंकरोडमा ‘द जेन्युइन एजुकेसन सर्भिस’ ले आफ्नो सेवा शुरु गरेको छ ।
अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि उचित परामर्श प्रदान गर्ने तथा उपयुक्त विश्वविद्याको छनौटमा सघाउने द जेन्युइन एजुकेसन सर्भिस’ का निर्देशक सनीरकुमार महर्जनले बताए ।

महर्जन आफैं करीब एक दशकदेखि अष्टे«लियामा रहेर अध्ययन तथा व्यवसायलाई अघि बढाइरहेका छन् । ‘अष्ट्रेलियामा रहेर हासिल गरेको अनुभव, सम्पर्क र ज्ञानलाई नेपालबाट अष्ट्रेलिया गएर अध्ययन गर्न चाहने विद्यार्थीकाे हितमा सघाउ पुर्याउने उद्देश्यले हामी अघि बढेका छौं,’ महर्जनले भने ।

महर्जनले द जेन्युइन एजुकेसन सर्भिस’मा आउने विद्यार्थीकाे अष्ट्रेलियाको जुनसुकै स्थानमा, जुनसुकै विषय तथा जुनसुकै विश्वविधालयमा अध्ययनका लागि बिना झञ्झट उचित र आवशयक परामर्श मात्र दिने बताए । ‘हामी विद्यार्थीकाे समय तथा पैसालाई बर्बाद नहुने गरि आवश्यक र उचित परामर्शमात्र दिन्छौं’, महर्जनले भने ।

द जेन्युइन एजुकेसन सर्भिस’ले विधार्थीको सहयोगका लागि आवश्यक डकुमेन्टसनमा सघाउने पनि उनले बताए । हाल परामर्श सेवामात्र शुरु गरेको भएपनि निकट भविष्यमै विद्यार्थीकाे लागि आइएलटीएसलगायतका कक्षाहरु पनि शुरु गर्ने तयारीमा रहेको पनि महर्जनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.