कारबाहीबाट जोगिन १३ बाणिज्य बैंकले रोके कर्जा लगानी

  २०७४ असार ४ गते १०:२६     विकासन्युज

काठमाडौं । सिसिडी रेसियो(कर्जा–निक्षेप अनुपात) नघाएका १३ वटा बाणिज्य बैंकहरुले कारवाहीमा परिने भएपछि कर्जा लगानी ठप्प पारेका छन् ।

सिसिडी रेसियो नघाएका १३ वटा बाणिज्य बैंकमाथी नेपाल राष्ट्र बैंकले सुक्ष्म अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा सिसिडी रेसियो नघाएको फेला परेपछि कारवाहीको प्रक्रिया समेत अघि बढाएको छ ।

केन्द्रिय बैंकले कारवाही प्रक्रिया अघि बढाउने संकेत दिएसँगै ती बैंकहरुले थप कर्जा लगानी ठप्प पारेका छन् । कर्जा-निक्षेप अनुपात ८० प्रतिशत भन्दा बढि पुर्याएका ती बैंकहरुलाई राष्ट्र बैंकल आक्रामक रुपमा कर्जा लगानी नगर्न कडा निर्देशन दिएको थियो ।

प्रत्येक त्रैमासिकमा कर्जा-निक्षेपको अनुपात मिलान गर्न निर्देशन दिँदै आएको केन्द्रिय बैंकले आर्थिक बर्षको अन्त्य तिर भने कडा रुपमा प्रस्तुत हुने स्पष्ट पारेपछि बैंकहरुले कर्जा लगानी रोकेका हुन् । राष्ट्र बैंक उच्च श्रोतका अनुसार कर्जा-निक्षेप अनुपात ८० प्रतिशत नघाएका बैंकहरुले माफी भने मागी सकेका छन् । नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.