बेनी, निजगढ, हेटौडा र कावासोती गरी एनएमबि बैंकको चार शाखा संचालनमा

  २०७४ असार ३ गते १२:२१     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले म्यागदीको बेनी, बाराको निजगढ, मकवानपुरको हेटौडा र नवलपरासीको कावासोती गरी एकैसाथ चार नयाँ शाखाहरु संचालनमा गरेकोे छ । स्थानीय ग्राहक, उद्योगी, व्यापारी तथा पत्रकार वर्गहरुको उपस्थितिमा फरक कार्यक्रमहरुबीच असार १ गतेबाट नयाँ शाखाहरु संचालनमा ल्याईएको छ ।

नयाँ शाखाहरुको विस्तार भएकोमा खुशी व्यक्त गर्र्दै, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले देशको विभिन्न स्थानहरुमा एनएमबि बैंकको नयाँ शाखा संचालनले सरल बैकिङ्ग पँहुचमा थप टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताए । नयाँ शाखाहरुको शुरुवात सँगै एनएमबि बैंककोे कुल ८० शाखा ६४ एटिएम र ५ एक्टेन्सन काउन्टर पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.