भिबोर सोसाइटी र लुम्बनी फाइनान्सलाई मर्जर स्विकृति, लुम्बिनी विकास बैंकको नामबाट कारोबार

  २०७४ असार २ गते १३:४१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स लिमिटेडलाई मर्जरको लागि स्विकृति प्रदान गरेको छ । राष्ट्र बैंकले ख वर्गको भिबोर सोसाइटी र ग वर्गको लुम्बिनी फाइनान्सलाई मर्जरको लागि असार १ गते अन्तिम स्विकृति प्रदान गरेको हो ।

मर्जरपछि लुम्बिनी विकास बैंकको नामबाट राष्ट्रिय स्तरको विकास बैंकको सेवा प्रदान गर्नेछ । मर्जरपछि लुम्बिनी विकास बैंकको नामबाट राष्ट्रिय स्तरको विकास बैंकको सेवा प्रदान गर्नेछ ।

हाल भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको चुक्ता पुँजी एक अर्ब ८१ करोड छ भने जगेडा कोषमा २४ करोड रुपैंयाँ रहेको छ । त्यस्तै, लुम्बिनी फाइनान्सको चुक्ता पुँजी ५५ करोड ६८ लाख रुपैंयाँ रहेको छ भने जगेडा कोषमा २६ करोड ८९ लाख रुपैंयाँ रहेके छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.