एनसीसी बैंकको सेयर कारोबार खुलाउने प्रयास विफल, सीडीएसको प्रश्नः ५८ लाख कित्ता सेयर कसको ?

  २०७४ जेठ २९ गते २०:०९     विकासन्युज

काठमाडौं । अदालतमा जारी विवादको टुङ्गो नलागेसम्म एनसीसी बैंकको सेयर कारोबार बन्द रहने भएको छ । एनसीसी बैंकले एपेक्स डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरी एनसीसी बैंकको सेयर कारोबार खुला गर्न गरेको प्रयास विफल भएको छ ।

सोमबार सीडीएस एण्ड क्लियरिङ लिमिटेडले एनसीसी बैंकको प्रस्ताव अस्वीकार गर्दै एपेक्स र एनसीसी बैंकको सेयर छुट्याउन नसकिने जनाएको छ । सीडीएसले बैंकलाई औपचारिक पत्र लेखेर अलग अलग सेयर कारोबार सम्भव नभएको जवाफ दिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले विकासन्युजलाई बताए ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत सबै कम्पनीहरुको सेयरको डिजिटल लगत तथा तथ्याङ्क सुरक्षित राख्ने र कारोबार अनुसार तथ्याङ्क अध्यावधिकको काम गर्दै आएको सीडीएस एण्ड क्लियरिङ आफ्नो रेकर्डमा एपेक्स डेभलपमेन्ट बैंक लिमिटेड नरहेको र उसको सेयर सम्बन्धी कुनै पनि तथ्याङ्क नरहेको स्पष्ट पारेको छ ।

‘एनसीसी बैंकसहित चार विकास बैंकले सबै विधि र प्रक्रिया पुरा गरी हामी मर्ज भयौं, एउटै संस्था भयौं भनेर आएपछि उनीहरुको माग अनुसार सीडीएसले सेयर एउटै बैंकको नाममा मिसाई सक्यो’ सीडीएसका प्रमुख कार्यकारी अधिकृत गुम्ताले भने–‘अब मर्ज पूर्वको अवस्थामा जसरी सेयर अलग गर्न सकिदैन र अलग हिसाव बनाउन पनि सकिदैन ।’

अदालतले जे फैसला गरेपनि मर्ज भई चार महिना सेयर कारोबार भएको कम्पनीको सेयर अलग गर्न प्राविधिक र व्यवहारिक हिसावले सम्भव नभएको उनले प्रष्ट पारे ।

‘मर्जपछि करिव चार महिना सेयर कारोबार भएको छ । त्यसअवधिमा ५८ लाख भन्दा बढी कित्ता सेयर कारोबार भईसकेको ेछ । अब त्यो कसरी छुट्याउने ? कसले किनेको सेयर एनसीसी बैंकको, कसले किनेको सेयर एपेक्सको ? कसले कुन बैंकको सेयर बेच्यो भनेर कसरी छुट्याउने ?’ गुप्ताले भने–‘पानी, दुध, चिनी र चियापत्ती मिसाएर चिया बनाई आधा खाईसकेपछि पानी दुध, चिनी र चियापत्ती पहिलेको जस्तै अलग अलग र पहिलेको अवस्थामा राख्न सकिदैन ।’

र, याे पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X