मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको पार्वतीपुरमा

  २०७४ जेठ २९ गते १२:३७     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो नयाँ शाखा चितवनको पार्वतीपुरमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन शुक्रबार चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले गरेका छन् । सो कार्यक्रममा गौतमले स्थानीय उत्पादनलाई प्राथमिकता दिई आयातलाई प्रतिस्थापन गरि निर्यात प्रवद्र्धन गर्नुुपर्ने, रेमिट्यान्सलाई पूँजी निर्माणमा रुपान्तरण गरि उत्पादन मुलक क्षेत्रमा लगानी गनुपर्ने बताए । जसका लागि मुक्तिनाथ विकास बैंकको भुमिका महत्वपूर्ण रहने उनले जनाए ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको विगत, वर्तमान अवस्था र बैंकको भावी रणनीतिका बारेमा चर्चा गर्नु भएको थियो । सो क्रममा उनले मुक्तिनाथ विकास बैंकले नेपाली समाजको आवश्यकता अनुसारका सेवाहरु जस्तै कृषि क्षेत्रको विकास र विस्तार, उद्योग व्यवसाय प्रबद्र्धनको लागि उपयुक्त वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको बताए ।

सो कार्यक्रममा स्थानीय व्यापारी, समाजसेवी, कृषक सर्बसाधारण लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

हाल बैंकले कुल ५९ वटा शाखा कार्यालयहरुबाट १ लाख भन्दा बढी लघुवित्त सदस्यहरु सहित कुल ३ लाख भन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरी रहेको बताएको छ । यस विकास बैँकले हालसम्म कुल १५ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । साथै बैंकले सेयर कारोवार गर्ने लगानीकर्ताहरुको लागि आश्वा (आश्वा) सेवा निःशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.