माछापुच्छ्रे बैंकको हिले शाखाद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

  २०७४ जेठ २८ गते १८:०३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार धनकुटाको हिलेमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाईटी धनकुटासँगको सहकार्यमा सञ्चालित उक्त कार्यक्रमको उद्घाटन धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले गरेका छन् ।

माछापुच्छ्रे बैंक हिले शाखाका शाखा प्रबन्धक रमेश अधिकारीले उक्त कार्यक्रममा संकलन गरीएको ५२ पिन्ट रगत नेपाल रेडक्रस सोसाईटीको धरान स्थित बल्ड बैंकलाई हस्तान्तरण गरेका छन् ।

६ अर्व ५९ करोड ८७ लाख रुपैयाँ चुक्ता पुंजी रहेको यस बैकले २०७३ साल चैत्र मसान्तसम्म ५८ अर्व ४ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्व ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले सो अबधिमा१ अर्व ५१ लाख खुद मुनाफा आर्जन गरेको बैंकले बताएको छ ।

बैकले नेपालभर आफ्ना शाखाहरु स्थापना गरी ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.