नेपाल बङ्गलादेश बैंकको ४५ औं शाखा चाबहिलमा

  २०७४ जेठ २८ गते १७:२९     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा काठमाडौँको मित्रपार्क, चाबहिलमा आफ्नो ४५ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा बैंकका सञ्चालक समितिका सदस्यहरुकोे उपस्थितिमा बैंकका अध्यक्ष जलाल अहमदले गरेका थिए ।

साथै, कार्यक्रममा उपस्थित काठमाडौं नेपाल च्याम्बर अफ कमर्सका कार्यकारी सदस्य टिकाराम शर्मा, नेपाल राष्ट्र बैंकका भुतपूर्व डेपुटी गर्भनर प्रफुल्लकुमार काफ्ले तथा काठमाडौँ महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शुद्ध कुमारडङ्गोलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य राखेका थिए ।

चाबहिल शाखा सहित बैंकले ४५ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ४५ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.