दुई कम्पनी प्राप्ति पश्चात सेन्चुरीले शुरु गर्यो एकीकृत कारोबार, पूँजी ४ अर्ब ७१ करोड नाघ्ने

  २०७४ जेठ २८ गते १५:३०     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड र अरनिको डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती (एक्विजिशन) गरी एकीकृत कारोबार शुरु गरेको छ । बैंकले ८ अर्ब पूंजी पुर्याउने लक्ष्यमा “ख” वर्गको दुई डेभलपमेन्ट बैंकलाई प्राप्ति गरि आइतबारदेखि एकीकृत कारोबार शुरु गरेको हो ।

काठमाण्डौंबाट एक समारोहका बीच एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालले पानसमा बति बालेर गरेका छन् ।

एकीकृत कारोबार पश्चात् बैंकको चुक्ता पूँजी ४ अर्ब ७१ करोड रुपैयाँ नाघ्ने छ । साथै, कम्पनीको निक्षेप ३८ अर्ब ५० करोड, कर्जा ३५ अर्ब रुपैयाँ रहेको छ । निकट भविष्यमा नै बैंकले एकीकृत पूंजीमा ४० प्रतिशत का दरले हकप्रद शेयर जारी गर्दैछ र सो पश्चात् सगरमाथा फाइनान्स, अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्स संग आषाढ महिना भित्रै एकीकृत कारोबार गदैछ ।

सम्पूर्ण प्राप्तीहरु हकप्रद तथा चालु आ.व.को मुनाफाबाट बैंकले तोकिएको ८ अर्ब पूंजी सजिलै पुर्याउने छ । सम्पूर्ण एकीकृत कारोबार पश्चात् बैंकको पहुंज बढी करिब ९० शाखाहरु हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.