उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालद्धारा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको संवोधन

  २०७४ जेठ २६ गते १७:२३     विकासन्युज

काठमाडौं । स्वीटजरलैण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औं अधिवेशनलाई नेपालको रोजगारदाता संगठनको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकालले शुक्रबार संवोधन गरेका छन् । उक्त अधिवेशनमा भाग लिन सभापति ढकाल हाल जेनेभामा छन् । उक्त अधिवेशनमा महासंघको रोजगारदाता परिषद्का उपसभापति भरतराज आचार्यले समेत भाग लिइरहनु भएको छ । सम्मेलन आगामी जुन १६ तारिखसम्म संचालन हुनेछ ।

अधिवेशनलाई संवोधन गर्दै ढकालले अन्तर्राष्ट्रिय श्रम संगठनले नेपालमा आफनो कार्यकालकोे ५० औं वर्ष पूरा गरेको आवसरमा आईएलओ का महानिर्देशक गाय राईडरको गत डिसेम्बरमा भएको नेपाल भ्रमणवाट नेपालको निजी क्षेत्र उत्साहित हुनुका साथै अन्तर्राष्ट्रिय श्रम संगठनस“ग नेपालको वलियो साझेदारी र सहकार्य प्रतिविम्वित भएको कुरा बताए । साथै उनले नेपाल राजनैतिक र सामाजिक क्षेत्रको विकासमा अघि वढि रहेको चर्चा गर्दै नया“ संविधान जारीसँगै मुलुक संघीय शासान प्रणली र राजनीतिक स्यायित्व तर्फ उन्मूख भएको बताएका छन् ।

ढकालले परिवर्तित राजनीतिक वातावरणसँगै राजनीतिक र आर्थिक क्षेत्रमा महिला सहभागिता बढी रहेको प्रसंग उल्लेख गर्दै नेपाल उद्योग वाणिज्य महासंघको ५० वर्षको इतिहासमा पहिलो पटक महिलाले अध्यक्ष्ँको रुपमा नेतृत्व सम्हालेको र मुलुकमा स्थानीय तहदेखि राष्ट्रको सर्वोच्च पद राष्ट्रपति, संसदको सभामुख एवं सर्वोच्च अदालतको प्रधान न्यायधीश पदमा समेत महिलाले नेतृत्व लिएको कुरा उल्लेख गरेका छन् ।

कार्यक्रममा ढकालले अहिलेको विश्वको साझा चुनौती भनेकै दीगो समावेशी आर्थिक विकास, गरिवी निवारण, रोजगार सृजना र वातावरण परिवर्तनबाट परेको असरको न्यूनिकरण गर्नु पर्ने कुरामा जोड दिदै आधुनिक प्रविधिको प्रयोगले श्रम बजारमा नयाँ शीपयुक्त जनशक्तिको माग बढ्दै गएको कुरा उल्लेख गरेका छन् ।

सभापति ढकालले पछिल्लो पटक नेपालको गरिवी दर आशातित रुपमा घटेको उल्लेख गर्दै नेपालले सन् २०२२ सम्म आफूलाई विकासोन्मुख देशमा स्तरोन्नती गर्ने निकै चुनौतीपूर्ण लक्ष्यका साथ अगाडी बढेको र यसका लागि अधिक लगानी आकर्षण गरी उच्च आर्थिक वृद्धि र बढी भन्दा बढी रोजगारीका अवसर सृजना गर्ने उद्देश्य अनुरुप नेपालको निजी क्षेत्र सरकारसँग सहकार्यका साथ अगाडी बढीरहेको कुरामा जोड दिएका छन् ।

हालका वर्षहरुमा नेपालको श्रम सम्बन्धमा निकै सुधार आएकाे रोजगारदाता र ट्रेड युनियनहरू बीच सौहाद्रपूर्ण वातावरण रहेको उल्लेख गर्दै दुवै पक्षको सहकार्यमा श्रम ऐन सहित सामाजिक सुरक्षा ऐनको मस्यौदा तयार भएको बताए । श्रम ऐन र सामाजिक सुरक्ष ऐन संसदबाट छिट्टै पारित हुने विश्वास व्यक्त गर्दै यसवाट नेपालको श्रम सम्बन्ध सुधारमा नयाँ आयाम थपिने उल्लेख गरेका छन् ।

सोही अवसरमा उपाध्यक्ष ढकालले औद्योगिक विकासका अतिरिक्त असल औद्योगिक सम्बन्ध विकासका विविध पक्षहरु बारेमा सम्मेलनका सहभागी विश्वका विभिन्न मुलुकका प्रतिनिधिहरुसँग विस्तृत विचार विमर्श गर्ने कार्यक्रम छ । साथै उनले अन्तर्राष्ट्रिय श्रम संगठन आइओएल र अन्तर्राष्ट्रिय रोजगारदाता संगठन आइओईका पदाधिकारीहरुसँग समेत भेटघाट एवं छलफल गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.