कृषि विकास बैंकले शुरु गर्यो निशुल्क आस्वा सेवा

  २०७४ जेठ २५ गते १३:१४     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक लि.ले आफ्ना ग्राहक तथा निक्षेप कर्ताहरुलाई निशुल्क रुपमा आस्बा सेवा उपलव्ध गराउने भएको छ । कृषि विकास बैंक लि.का हाल ११० वटा शाखाबाट उल्लेखित सेवाको उपयोग गर्न सकिने छ, भने निकट भविष्यमा २०० वटा भन्दा बढी शाखाबाट आस्बा सेवा संचालन गर्ने भएको छ ।

साथै, आइपिएसको समेत सदस्य भएकोले बैंकका ग्राहकहरुले अन्य आइपिएसका सदस्य भएका बैंक तथा वितीय संस्थाहरुमा आफ्नो वा निजहरुले तोकेको अन्य खातामा सोझै रकम जम्मा गर्न तथा भुक्तानी गर्न सक्नेछन् । अन्य आइपिएसका सदस्य भएका बैंक तथा वितीय संस्थाका ग्राहकहरुले पनि उल्लेखित सुविधाहरुको उपयोग कृषि विकास बैंक लिमार्फत् गर्न पाउने छन् ।

यसका अतिरिक्त टे«जरी, सरकारी कारोवारको भुक्तानी, तलब भुक्तानी, रेमिटेन्स, डिभिडेन्ट पेमेन्ट र आइपीओ रिफन्ड लगायतका भुक्तानी दिने सेवाहरु उपलब्ध हुनेछन् भने अन्य प्रकारका भुक्तानी दिने तथा लिने सेवाहरु समेत लागु गरिंदै जाने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.