महिन्द्रा केयूभी१०० को एक्स्चेन्ज मेला भोलिदेखि शुरु, पाँच आउटलेटहरुमा उपलब्ध

  २०७४ जेठ २४ गते १६:३०     विकासन्युज

काठमाडौं । महिन्द्रा गाडीहरुको नेपालकालागि एकमात्र आधिकारिक विक्रेता तथा अग्नि ग्रुप अन्तर्गतको नेपालकै अग्रणी कम्पनीहरु मध्ये एक अग्नि इन्कर्पाेरेटेडले केयूभी१०० गाडीको लागि महिन्द्रा केयूभी १०० एक्सचेन्ज अफर शुरु गरेको छ । उक्त अफर काठमाडौं उपत्यका, चितवन, पोखरा, भैरहवा तथा बुटवल अवस्थित कम्पनीका आधिकारिक आउटलेटहरुमा उपलब्ध हुनेछ ।

यहि जेठ २५गते देखि २७ गतेसम्म चल्ने यस अफरमा सहभागी भई कम्पनीले आफ्ना ग्राहकहरुलाई “दयंग एस यु भी” केयूभी१०० सँग अपग्रेड गर्न आह्वान गरेको छ । यस अवसरमा कुनै पनि पुरानो गाडि ल्याई सबैभन्दा उत्कृष्ट मूल्याङ्कनका साथ ग्राहकहरुले नयाँ महिन्द्रा केयूभी१०० गाडी चढेर जान सक्नेछन् ।

यस अफर अवधि भरी ग्राहकहरुले विभिन्न सुविधाहरु पनि पाउने कम्पनीले जनाएको छ । जस्तै :इजीफानान्सिङ्ग, आकर्षक क्यास् डिस्काउन्ट, उत्साहजनक एक्स्चेन्ज् बोनस तथा तुरुन्त सबैभन्दा उत्कृष्ट मूल्याकंनका साथै, ग्राहकहरुले हरेक टेस्ट ड्राइभमा विभिन्न उपहार समेत प्राप्त गर्नसक्नेछन् ।

अफरले सम्पूर्ण सेवाग्राहीहरुलाई महिन्द्रा परिवारमा जुड्न थप उत्साह प्रदान गर्ने भएकोले समयमै यस अवसरको लाभ लिन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.