परिसूचक र कारोबार रकम दुबैमा वृद्धि, तीन कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

  २०७४ जेठ २३ गते १५:३४     विकासन्युज

काठमाडौं । मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । सो दिन नेप्से ३४ दशमलब ७२ अंकले उकालो लागेर १६३६ दशमलब ३७ अंकमा पुगेको छ । दोहोरो अंकले बढेको बजारमा ९१ करोड १६ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा करिब ३० करोड रुपैयाँ बढी हो । मंगलबार मात्रै १४८ कम्पनीको १४ लाख ९६ हजार कित्ता सेयर किनबेच भएको छ ।

दोहोरो अंकले उकालो लागेको बजारमा तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ । सबैभन्दा बढी मिथिला लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, आरएसडीसी लघुवित्त वित्तीय संस्था र वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिका लगानीकर्ताले क्रमशः ९.९७ र ९.५७ प्रतिशत बढी कमाएका छन् ।

बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १७२ अंकले उकालो लागेको छ । त्यस्तै, होटल ६२, बैंक, विकास बैंक र हाइड्रो समूह ३५ र अन्य समूहको परिसूचक १५ अंकले उकालो लागेका छन् । उत्पादनमूलक समुहको परिसूचक भने १४ अंकले ओरालो लागेको छ ।

सो दिन सिभील बैंकको ७ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको हो । त्यस्तै, स्ट्याण्डार्ड चार्टर्ड बैैंकको ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.