स्वीडेनको १०० र ५०० दरका नोट हटाउन निर्देशन

  २०७४ जेठ २२ गते १६:५३     विकासन्युज

काठमाडौं । स्वीडेनको केन्द्रीय बैंक रिक्स बैंकले १०० र ५०० दरका नोटहरु चलन चल्तीबाट हटाउन निर्देशन दिएको छ । बैंकले ३ अक्टुवर २०१६ भन्दा अघि जारी गरेका २००१ सिरिजका स्विडिस क्रोनर १०० र ५०० दरका नोटहरु हटाउन निर्देशन दिएको हो ।

सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले जेठ २८ गतेसम्म त्यस्ता नोटहरु साट्न आग्रह गरेको छ । आफूसँग भएका त्यस्ता नोटहरु यस बैंकको बैकिङ् कार्यालय थापाथली, काठमाडौंबाट साट्न सकिने बैंकले जानकारी गराएको छ । तोकिएको समयभन्दा ढिला भएमा त्यस्ता नोटहरु यस बैंकले नसाट्ने राष्ट्र बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.