उपत्यकामा बर्षकै सबैभन्दा गर्मी, जलवायु परिवर्तनको असरले अझै बढ्न सक्ने

  २०७४ जेठ २२ गते ६:५८     विकासन्युज

काठमाडौं । आइतबार काठमाडौंमा यस बर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ ।

उपत्यकाको शनिबारको तापक्रम २९ डिग्री सेल्सियस रहेकोमा आइतबारको तापक्रम ३२ डिग्री सेल्सियस रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उपत्यकाको उच्च तापक्रम यस बर्ष गत जेठ ९ गते (मे २३ तारिखमा) ३१ दशमलव ६ डिग्री रेकर्ड भएको थियो ।

जलवायु परिवर्तनको असरका कारण जाडोमा अति जाडो र गर्मीमा अति गर्मी हुने गर्छ ।

जसका कारण अझै बढ्न पनि सक्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । नेपाल समाचारपत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.