एनएमबि बैंकले पनि निःशुल्क आस्बा सेवा दिने

  २०७४ जेठ २१ गते १८:०४     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क आस्बा (एप्लिकेशन सर्पोटेड बाइ ब्लक्ड एमाउन्ट) सुबिधा दिने भएको छ । यस नयाँ प्रबिधिबाट शेयर बितरण नभए सम्मका लागि शेयरधनीको रकम खाता मै रहने ब्यवस्था हुन्छ ।

आस्बा ब्यवस्थाले शेयरको लगानी रकम रोक्का गरिए पनि रोक्का गरेको रकमको ब्याज लगानीकर्ताले पाउने बैंकले जनाएको छ । शेयर परे पश्चातको रकममात्र रोक्का रकमबाट काट्टिने भएकाले ग्राहकलाई थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । शेयरको लगानी व्यवस्थापन क्षेत्रमा अन्तर्राष्ट्रिय मुल्य मान्यता अनुरुप नयाँ नियम र प्रणालीलाई थप सरल, सुदृढ तथा समाबेशी बनाउनमा थप सहायता पुग्ने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.