वायुसेवा निगमलार्इ जहाज भाडामा दिन भुटान एयरलाइन्स मात्रै तयार, हिमालयले आवेदन नै दिएन

  २०७४ जेठ १९ गते ९:३९     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले एउटा ठूलो जहाज भाडामा लिन मागेको ग्लोवल टेण्डरमा एउटा मात्रै कम्पनीको आवेदन परेको छ । निगमले जहाज भाडामा लिन गत बैशाख २७ मा गरेको सार्वजनिक प्रस्ताव आव्हानको समय गत मंगरलबार सकिएको हो । वायुसेवा निगमले माग यस्ताे सार्वजनिक प्रस्तावमा भुटान एयरलाइन्सले मात्रै आवेदन दिएको छ ।

वायुसेवा निगमलाई जहाज भाडामा दिन नेपालकै हिमालय एयरलाइन्सले पनि इच्छा देखाएको भएपनि यसले आवेदन भने दिएको छैन् ।
वायुसेवासँग निगम पदाधिकारीले आवश्यक छलफल पनि गरेको भएपनि अन्तिम सयमसम्म पनि हिमालयले निगमले मागेको जहाज भाडामा लिने प्रस्तावमा आवेदन दिएन ।

हिमालयले आवदेन दिएको भए यी दुई वायुसेवाबीच मूल्यांकन गरेर उचित प्रस्ताको टुंगो लाग्ने थियो तर, एउटा मात्रै प्रस्ताव परेकोले निगमले एक साताको समय थप गरेर प्रस्तावमा पेश गर्न अाग्रह गरेकाे छ ।

हिमालयले इच्छा देखाएको हो भने थप भएको एक साताको समयमा पनि आवदेन दिन सक्ने वायुसेवा निगमका एक उच्च अधिकारीले बताए । उनका अनुसार हिमालयसँग निगमका साथीहरुले कुरा त गर्नुभएको हो । हिमालय एयरलाइन्स सकारात्मक पनि थियो । तर, यो वायुसेवाले आवेदन नै नदिएपछि पुन: एक साताको सयम थप गर्नुपरेको निगमले जानकारी दिएको छ ।

वायुसेवा निगमको विनियमावलीमा एउटा कम्पनीसँग मात्रै आवेदन दिएमा पुनः समय थप गर्नुपर्छ । सोही अनुसार निगमले एक साताको समय दिएको हो । विहिबारदेखि दिइएको एक साताको समयमा पनि कुनै वायुसेवाले आवदेन नदिए निगमले एउटै कम्पनीको प्रस्तावलाई अगाडि बढाउने उल्लेख छ ।

निगमका अनुसार हाल भुटान एयरलाइन्स एउटाले मात्रै आवेदन दिएको छ । एक साताको समयमा पनि अरु कुनै वायुसेवा नआए र यसैले दिएको प्रस्ताव उपयुक्त भए भुटान एयरलाइन्सकै जहाज भाडामा लिएर निगमले कम्तिमा २ महिनासम्म नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने छ ।

हिमालय एयरलाइन्सले यो वायुसेवाले श्रीलंकाको कोलम्बो उडान यात्रु नपाएर दुई महिनादेखि बन्द गरको र आगामी एक महिनापछि साउदी अरेवियामा उडान गर्ने तयारी गरेकोले निगमलाई जहाज भाडामा दिन सकिने सकारात्मक प्रतिकृया दिएको थियो ।

हिमालयसँग युरोपको एयरबसमा उत्पादित १ सय ५८ सिट क्षमतायुक्त तीनथान ए३२०–२१४’ सिरिजको जहाज छन् । तीनवटै जहाजमा ८ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट छन् । आफैले उडान थप गर्ने भन्दै निगमले जहाज भाडामा नदिएको उल्लेख छ । एक साताको समय रहेकोले याे बीचमा दिनसक्ने अावेदनका विषयमा हिमालयले कुनै प्रतिकृया भने दिएको छैन् ।

यो वायुसेवाले हाल श्रीलंकाको कोलम्बो उडान रद्द गरेको छ । यसले कतारको दोहा र म्यानमारको यांगुन र मलेसियाको क्वाललम्पुरमा भने नियमित उडान गरिरहेको छ ।

यो वायुसेवाले साउदी अरबको दमामा, युएईको दुबई, हङकङ, भारतको नयाँदिल्ली, चेन्नाई, थाइल्यान्डको बैंकक, चीनको बेइजिङलगायत नयाँ गन्तव्यमा उडान गर्ने योजना पनि अगाडि सारेको छ ।

वाइडवडिको पैसा पठाउने समय एक साता सर्यो
निगमले दुई वटा लामो दुरीको गन्तव्यमा उडान गर्न सक्ने क्षमताको जहाज वाइडवडि खरिद गर्न पहिलो किस्ता पठाउने समय पनि एक सातालाई सारेको छ ।

कर्मचारी संचय कोषको सञ्चालक समितिको बैठकले निगमलाई ऋण दिने निर्णय गर्न ढिलो गरेकोले निगमले बुझाउने पहिलो किस्ताको समय पनि एक साता धकेलिएको हो ।

स्रोतका अनुसार कोषको आज शुक्रबार बोर्ड बैठक बस्दै छ । कर्मचारी संचय कोषको बोर्ड बैंठकले निर्णय गरेपछि गरेपछि निगमलाई ऋण प्रवाह गर्ने र निगमले अगामी शुक्रबारसम्ममा रकम पठाइसक्ने जानकारी दिएको छ ।

निगमले कर्मचारी संचाय कोष र नागरिक लगानीकोष दुबै संस्थाबाट निगमले आधाआधा ऋण लिदैँ छ । यो ऋण लिएर निगमले अागामी शुक्रबार भित्रै जहाज विक्रेता अमेरिकी कम्पनी एएआरालाई पहिलो किस्तावपत ८ अर्ब रुपैयाँ पठाउने भएको छ ।

निगमले दुईवटा ठूला वाइडबडी खरिद गर्न एएआर कर्पोरेशनलाई पहिलो किस्तावपतको ८ करोड अमेरिकी डलर (८ अर्ब रुपैयाँ) पठाउँन यस अघि गरेको गृहकार्य अनुसार ऋण सम्झौतामा भएको ढिलाइकै कारण एक साताको समय थप गरेको थियो । निगमका अनुसार हाललाई दुईवटा वाइडवडिमध्ये एउटाको चार अर्ब र अर्कोको चार अर्ब गरी आठ अर्ब रुपैयाँ पठाउन लागिएको हो ।

निगमका अनुसार वैना रकम पठाइसकेकोले एक दुई साताको ढिलाईले जहाज आउने तालिकामा कुनै असर गर्दैन । निगमले बैनामार्फत पक्का गरिसकेकोले पैसा पठाउने अनुकुल समय मात्रै मिलाइरहेको उल्लेख छ ।

निगमले २१ अर्ब ५८ करोडमा २ वटा नयाँ वाइडवडी खरिद गर्दै छ । यसका लागि १० करोड रुपैयाँ बैना पठाइसकेको छ । बाँकी रकम पहिलो किस्ताको पैसा बुझाएपछि जहाज आउने सुनिश्चितता हुन्छ । त्यसपछि बाँकी रकम जहाज दिने बेलामा दिएपनि हुने निगमकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.