रेनोको ‘रेनो क्विड ईजी-आर एएमटी’ गाडी अनावरण, मूल्य २० लाख ९६ हजार मात्र

  २०७४ जेठ १८ गते १६:४३     विकासन्युज

काठमाडौं । रेनोको नेपालका लागि आधिकारिक बितरक, एडभान्स अटो मोबाइल्स प्रा.लि.(विशाल ग्रुपको सहायक),ले अल न्यू रेनो क्विड एएमटी अनावरणको गरेको छ । नयाँ रेनो क्विड एएमटी अत्याधुनिक प्रविधि तथा लक्जरी सहित बजारमा उपलब्ध छ ।

कम्पनीका अनुसार नयाँ रेनो क्विड एएमटीमा ईजी-आर टेक्नोलोजी ५ स्पीड एएमटी प्रविधि रहेको छ । यसको डयस माउन्टेड एएमटी डायलमा तीन प्रकारका मोडहरु रहेका छन् । रिजर्भको लागि आर, न्यूट्रलका लागि एन तथा ड्राइभका लागि डी छन् भने सहज रुपमा गाडि चलाउने डिजाइन बनाईएको छ । यो गाडि चलाउँदा सजिलो र नियमित एक्सिलेरेसनको अवस्थामा अत्याधुनिक कन्ट्रोल यूनिटले स्वचालित रुपमा गीयर सिफ्ट गर्दछ ।

रेनो क्विड एएमटी रेन्जको शुरुवाती मूल्य २० लाख ९६ हजार ५०० रुपैयाँ रहेको छ । जसले यो मूल्यका श्रेणीमा यो गाडिलाई उत्कृष्ट गाडिको रुपमा सार्वजनिक गरेको छ । रेनो क्विड एएमटी डाइनामिक परफरमेन्स, उच्चतहको शक्ति, र साहसिक यात्राको अनुभव लिने गरि रणनीतिक रुपमा डिजाइन गरिएको छ । क्विड एएमटी २ संस्करणमा उपलब्ध छ ।

रेनो क्विड १.० ली एएमटी आरएक्सटी ओ तथा रेनो क्विड १.० एएमटी आरएक्सएल श्रेणीको पहिलो एएमटी मध्यम वर्गिय कार्यरत परिवार तथा व्यवसायीक व्यक्तिहरुका लागि सहज रुपमा यात्रा गर्न डिजाइन गरिएको छ । भारतमा रेनो क्विड एएमटीको मध्यम वर्गीय परिवार तथा व्यवसायीक व्यक्तिहरुले प्रयोग गरिरहेको प्रवृत्ति जस्तै रेनो नेपालले पनि यस तहका मध्यम वर्गीय परिवार तथा व्यवसायीक व्यक्तिहरुका लागि यो गाडि ल्याएको हो ।

यसको सजिलो आर गियर बक्स आविस्कारिक सीफ्ट कन्ट्रोल डायलका साथमा संचालन गर्न सकिन्छ, जून सेन्टर कन्सोलमा इन्फोटेनमेन्ट सिस्टमको तल्लो भागमा रहेको छ । यसले म्यानुअल गीयर तथा क्लच दबाउनु पर्ने परम्परागत प्रणालीलाई परिवर्तन गरेको छ । यसमा रहेको इनोभेटिभ सीफ्ट कन्ट्रोल डायल तीन मोडहरुमा आउँछ– रिभर्स, न्यूट्रल, ड्राइभ ले सहज रुपमा प्रयोग गर्ने गरि स्मार्ट डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.